टर्की भूकम्पमा परेका पाँच जनाको १२९ घण्टापछि जीवितै उद्धार

नेपालभ्युज

टर्की भूकम्पमा परेका पाँच जनाको १२९ घण्टापछि जीवितै उद्धार

इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार ५०० जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । सो भुकम्पमा पर्ने एकै परिवारका पाँच सदस्यको एकसय २९ घण्टापछि जीवितै उद्धार गरिएको हो  । भूकम्प प्रभावित नुरुदाग शहरमा उक्त चमत्कार भएको हो ।

पाँच जनाको जीवन जोगाउन पाएकामा उद्धारकर्मीले खुशी हुँदै भगवानको प्रार्थना गर्दै ‘ईश्वर महान् हुनुहुन्छ’ भनेका थिए । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् ।

भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाको आज निधन भएको छ ।

उद्धारकर्मीहरूका अनुसार टर्कीमा २१ हजार ४३ जना तथा सिरियामा तीन हजार पाँच सय ५३ जनाले ज्यान गुमाएका छन् । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।

टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । कठ्याङ्ग्रिने चिसोमा पनि आश मारेका मानिसलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका छन् । आज नौ जनालाई जीवितै उद्धार गरिएको छ । एपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved