काठमाडौं। विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज समापन हुने भएको छ। शुक्रबारदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सो महाधिवेशन आज समापन हुन लागेको हो ।
पार्टीको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् ।
पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको राजनीतिक दस्तावेज र रमेश पौडेलले पेस गरेको प्रस्तावित विधानमाथि आज छलफल हुने मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।
महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। महाधिवेशनले आजै नयाँ नेतृत्वसमेत चयन गर्ने जनाएको छ ।
Facebook Comment
Comment