टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

नेपालभ्युज

टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

काठमाडौं । टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । टर्कीको गाजियान्टेप केन्द्र बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

अहिले एक लाख भन्दा बढी उद्धारकर्मी खटिएका छन् । भूकम्पमा परी टर्कीमा मात्रै झण्डै १८ हजारको ज्यान गएको त्यहाँका उपराष्ट्रपति फुआत ओक्तेले बताएका छन् । त्यस्तै सिरियामा पनि साढे ३ हजारको मृत्यु भएको छ ।

टर्कीमा हिउँ परिरहेको तथा उद्धार सामग्रीको अभावका कारण पनि कठिनाइ भइरहेको छ । यस्तै परकम्प आउने क्रम पनि जारी नै छ । भूकम्पका कारण करिब ६ हजार घर भत्किएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार करिब १४ लाख बालबालिका प्रभावित भएका छन् ।

विश्व बैंकले भूकम्पपीडितको उद्धार र राहतका लागि १ अर्ब ७८ करोड अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । अमेरिकाले दुवै देशलाई ८५ मिलियन डलरको प्याकेज दिने वाचा गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved