संविधानको पूर्ण कार्यान्वयन नभई समिक्षा गर्न सकिँदैन : प्रधानमन्त्री प्रचण्ड

उनले संविधानको पूर्ण कार्यान्वयनपछि मात्र यसमा भएका समस्या र त्रुटिबारे निष्कर्षमा पुग्न सकिने बताए ।

नेपालभ्युज

संविधानको पूर्ण कार्यान्वयन नभई समिक्षा गर्न सकिँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राजनीतिक प्रणाली र संविधानको कार्यान्वयन अनिवार्य रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले संविधानका कतिपय विषयमा केही बिमति भएपनि कार्यान्वयन गर्नु आफ्नो पहिलो जिम्मेवारी भएको बताए ।

सिंहदरबारमा बिहीबार नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनताको ठूलो बलिदानी र पहलकदमीपछि संविधानसभाबाट संविधान बनाउन सकेको भन्दै यसलाई इमान्दारीपूर्ण रुपमा अघि बढाउनुको विकल्प नभएको बताए ।

उनले भने, ‘संविधानसभाबाट संविधान बनाउन झण्डै ७० वर्ष लामो संघर्ष गर्नुपर्‍यो । हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो । संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन् । कतिपय विषयमा बिमति पनि होलान् । तर, संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो ।’

उनले संविधानको पूर्ण कार्यान्वयनपछि मात्र यसमा भएका समस्या र त्रुटिबारे निष्कर्षमा पुग्न सकिने बताए । उनले भने, ‘संविधानले भनेको कुरा पहिला लागू गरौँ । त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला । संविधानमा भएको व्यवस्था लागू नगरी दोष दिनु हुँदैन ।’

अहिले नै समीक्षातिर लाग्दा राजनीतिक अस्थिरता आउन सक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले सिस्टम जति राम्रो भए पनि जनताले स्वीकारेनन् भने समस्या पर्ने तर्फ सचेत पनि गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved