टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १५ हजार नाघ्यो

आलोचकहरुले राहत तथा उद्धारको काम सुस्त भएको भन्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको आलोचना गरेका छन्

नेपालभ्युज

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १५ हजार नाघ्यो
तश्वीर: एजेन्सी

एजेन्सी। टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १५ हजार जना नाघेको छ । टर्कीमा ११ हजार र सिरियामा ४ हजार जना भन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ । अझै हजारौँ जना हराइरहेका छन् ।

३० हजार जना भन्दा धेरै घाइते भएका छन् । अझै पनि मानिसहरु जिवितै भेटिने आसामा उद्दारकर्मीले खोजीलाई तिव्रता दिएका छन् । सोमबार टर्कीमा ७ दशमलव ८ र ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।  भूकम्पले हजारौँ घर, पुल, सडक लगायतका संरचना ध्वस्त भएका छन् । विश्वका कयौँ देशले टर्कीमा उद्दार टोली र सहायता सामग्री पठाइरहेका छन् ।

तर त्यहाँका नागरिकले भने सरकारले उद्दार र राहतमा तिव्रता नदिएको भन्दै चर्को आलोचना गरिरहेका छन् । आलोचकहरुले राहत तथा उद्धारको काम सुस्त भएको भन्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको आलोचना गरेका छन् ।आलोचकहरुले राहत र उद्धारको काम छिटो छरितो हुन नसकेको र सरकारी तयारी पनि प्रभावकारी नभएको जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved