टर्कीमा शव गाड्ने ठाउँको अभाव, सामूहिक अन्त्येष्टी गरिँदै

टर्कीमा उद्दार र राहतसँगै शव गाड्ने ठाउँको समेत अभाव हुन थालेको छ । आफन्तहरु शव लिएर घन्टौँसम्म लाइनमा बस्नुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालभ्युज

टर्कीमा शव गाड्ने ठाउँको अभाव, सामूहिक अन्त्येष्टी गरिँदै

एजेन्सी। टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार दुई पटक गएका शक्तिशाली भूकम्पका कारण १२ हजार जनाको ज्यान गइसकेको छ । हजारौँ हराइरहेका छन् । ज्यान गुमाउनेमध्ये ९ हजार जना टर्कीका नागरिक रहेका छन् ।

टर्कीमा उद्दार र राहतसँगै शव गाड्ने ठाउँको समेत अभाव हुन थालेको छ । आफन्तहरु शव लिएर घन्टौँसम्म लाइनमा बस्नुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  बुधबार गाजियन्टेपको मुख्य चिहानमा १० जनाको शव हरियो धातुको कफिनमा लाइनमा राखिएको थियो ।

येसिल्केन्ट चिहान क्षेत्र मृतकका आफन्तहरूले भरिएको थियो। तिनीहरू सबै फरक क्षेत्रबाट आएका थिए। कतिपय क्षेत्रमा छुट्टाछुट्टै शव गाड्ने ठाउँको अभाव भएको भन्दै सामूहिक रुपमा शव गाडिएका छन् ।

उद्दारकर्ताहरुले  शव राख्ने झोला र बाकसको पनि कमि भएको गुनासो गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved