एजेन्सी । महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञानसँगै जीवनलाई पनि लिएर केही नियम बताएका थिए जसलाई अंगाल्न सक्यो भने सफलता प्राप्त हुन सक्छ ।
आइन्स्टाइनका नियम अपनाएर धेरै व्यक्ति सफल पनि भएका छन् । उनले बताएका ५ नियमलाई ठूला-ठूला व्यापारी देखि सेलिब्रेटीले पनि अपनाइरहेका छन् ।
आउनुहोस् आज जानौं ती ५ नियमका बारेमा
आफ्नो सफलताको गोप्य कुरा कसैलाई नभन्ने
आइन्स्टाइनले भनेका थिए, आफ्नो सफलताको सिक्रेट कसैसँग सेयर गर्नु हुँदैन । यो एकदमै व्यक्तिगत विषय हो । यदि तपाईले यस्तो विषय बताउँदै हिडनुभयो भने अरुले पनि त्यसैलाई अपनाउनेछन् र त्यही तरिकाबाट उनीहरु सफल हुन सकेनन् भने तपाईंलाई नै आरोप लगाउनेछन् । त्यसैले सबैको सफलताको नियम फरक-फरक हुन सक्छ ।
आफ्नो समस्या धेरै सेयर नगर्ने
समस्यालाई सकेसम्म आफूमै सिमित राख्नुपर्छ । किनकी जब तपाईंले अरुलाई भन्न थाल्नुहुन्छ त्यो बढ्दै जान्छ । तपाईंको समस्यालाई लिएर मानिसहरु हाँसोठट्टा गर्नेछन् ।
त्यही समस्या देखेर गलत मानिसले तपाईंबाट फाइदा पनि उठाउन सक्छन् । यदि तपाईंको समस्या रोगसँग सम्बन्धित हो भने डाक्टर वा थेरापिस्टसँग सेयर गर्न सक्नुहुन्छ । अन्य समस्या आफै समाधान गर्न सिक्नुहोस् ।
आफ्नो लक्ष्य कसैलाई नभन्नुस्
आफ्नो जीवनमा तपाईंले कस्तो खालको लक्ष्य लिनुभएको छ र के हासिल गर्न चाहनुहुन्छ त्यो कसैलाई भन्नु हुँदैन । किनकी कुनैदिन यदि तपाईंले लक्ष्य हासिल गर्न सक्नुभएन भने मानिसले तपाईंलाई जिस्काउने छन् । जसले तपाईंको मन दुख्न सक्छ । त्यसैले लक्ष्य हासिल गरेर देखाउनुहोस् तर पहिलै कसैलाई नभन्नुहोस् ।
व्यक्तिगत वित्तको बारेमा पनि कसैलाई नभन्नुस्
आफ्नो व्यक्तिगत खर्च वा अर्थ बारे पनि कसैलाई भन्नुहुँदैन । आफूले भविष्यका लागि बचत गरेको बारेमा सबैलाई भन्नु आवश्यक हुँदैन । यस्तो कुरा आर्थिक मामिलासँग जोडिएका व्यक्तिमा मात्र सीमित राख्नुपर्छ । कोही नचिनेको वा सामान्य चीनजानको व्यक्तिलाई भन्ने गल्ती गर्नु हुँदैन ।
घर तथा परिवारको समस्या नभन्ने
आफ्ना घरका कुरा, परिवारसँग सम्बन्धित समस्या, घरमा हुने कुराकानी कसैसँग सेयर गर्नु हुँदैन । खासगरी श्रीमान-श्रीमतीसँग सम्बन्धित कुराकानी तेस्रो व्यक्तिसँग गर्नु हुँदैन ।
यसले तपाईंहरुबीच झनै लडाई झगडा पर्न सक्छ । यस्ता कुरा सार्वजनिक ढंगले बताउने भन्दा पनि दुवै जना बसेर सल्लाह गरेर मिलाउनु पर्छ । त्यसो भएन भने तपाईंको सम्बन्ध झनै कमजोर हुँदै जान्छ ।
Facebook Comment
Comment