प्रचण्ड–ओली भेटमा राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति

राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

संयन्त्रको बैठकमा सत्ता गठबन्धनको भावि रणनीति, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा सहभागिता र राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ । 

नेपालभ्युज

प्रचण्ड–ओली भेटमा राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।

ओली निवास बालकोटमा आज विहान भएको भेटमा राष्ट्रपति चयन लगायतका विषयमा छलफल गर्न बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।

संयन्त्रको बैठकमा सत्ता गठबन्धनको भावि रणनीति, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा सहभागिता र राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

लामो समयदेखि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न सकेको छैन । आजको भेटमा पनि राष्ट्रपतिका विषयमा छलफल भएको बुझिएको छ ।

प्रचण्डले यसमा राष्ट्रिय सहमतिको प्रयास गर्नुपर्ने दोहोर्‍याएपछि राजनीतिक संयन्त्रमा छलफल गर्ने सहमति भएको हो । यसअघि राष्ट्रपति एमालेले पाउने भनिएपनि पछिल्लो पटक माओवादीले राष्ट्रिय सहमति जुटाउनुपर्ने बताइरहेको छ ।

भेटपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनलाई कसरी अघि बढउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने गरी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने भन्ने भयो ।’

राजनीतिक संयन्त्रको नेतृत्व अध्यक्ष ओलीले गरिरहेका छन् । संयन्त्रमा सत्ता गठबन्धनका शिर्ष नेता सहभागी छन् । राष्ट्रपतिका लागि आगामी फागुन २५ गते चुनाव हुँदैछ । तर उम्मेदवारी दर्ता फागुन १३ गते अगाडी नै व्यक्ति चयन गर्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved