टर्की भूकम्प: भग्नावशेषमै जन्मिएको शिशुको जिवितै उद्दार, आमासहित परिवारको निधन

नेपालभ्युज

टर्की भूकम्प: भग्नावशेषमै जन्मिएको शिशुको जिवितै उद्दार, आमासहित परिवारको निधन
तश्वीर: एजेन्सी

एजेन्सी। सिरियामा भूकम्पले भत्काएको भवनको भग्नावशेषमै जन्मिएको नवजात शिशुको जिवितै उद्दार भएको छ । उद्धारकर्मीहरुले भूकम्प गइसकेपछि भग्नावशेषमुनि जन्मिएका शिशुको ३० घण्टापछि उद्धार गरेका बीबीसीले जनाएको छ । इडलिब प्रान्तको विपक्षी नियन्त्रित एक सहरबाट उनको उद्धार भएको हो ।

आमा मृत अवस्थामा र शिशु जीवितै भेटेको र अहिले शिशुको स्वास्थ्य अवस्था स्थिर रहेको बीबीसीको खबरमा उल्लेख छ ।

भूकम्पमै परेर ती शिशुका बुवा, चार दाजुभाइ र एक काकीले पनि ज्यान गुमाएको शिशुका आफन्तलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । टर्कीमा गएको भूकम्पका कारण टर्की र सिरियामा गरी ८ हजार जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved