बिहानै उत्तानपादासन गर्नुका फाइदा

नेपालभ्युज

बिहानै उत्तानपादासन गर्नुका फाइदा

एजेन्सी । योग शारिरीक तथा मानसिक स्वास्थ्यका लागि नै एकदमै फाइदाजनक छ । अहिले त मानिसले जीम भन्दा ज्यादा योगलाई महत्व दिन थालिसकेका छन् ।

यसलाई सही तरिकाले गर्ने विधि र फाइदाहरुका बारेमा जान्न जरुरी हुन्छ । त्यस्तै एउटा योगासन हो उत्तानपादासन । यसलाई गर्ने विधि र फाइदाका बारेमा यहाँ जान्ने प्रयास गरौं ।

विधि

१. पिठ्युँको बलमा सुत्नुहोस् । हत्केलाहरु भुइँतर्फ, खुट्टा सीधा र पैताला मिलेका होउन् ।

२. अब सास लिएर खुट्टालाई १ फुटसम्म (करिब ३० डिग्रीसम्म) विस्तारै माथि उठाउनुहोस् र केही समयसम्म यही स्थितिमा बसिरहनुस ।

३. खुट्टालाई झार्ने बेलामा विस्तारै भुइँमा टेकाउनुहोस् । केही समय आराम गरेर फेरि यही क्रमलाई दोहोर्‍याउनुहोस् । यसलाई ३ देखि ६ पटक गर्नु पर्दछ ।

४. कम्मर दुख्ने समस्या भएका व्यक्तिहरुले एक एक वटा खुट्टाबाट विस्तारै अभ्यास गर्नु पर्दछ ।

फाइदा

१. यस आसनले आन्द्राहरुलाई सबल तथा निरोगी बनाउनुका साथसाथै कब्जियत, ग्याँस, मोटोपन आदिलाई भगाउँछ ।

२. नाइटो दुख्ने, हृदयरोग, पेट दुख्ने तथा सासको रोगमा पनि यो उत्तिकै उपयोगी छ ।

३. एक एक खुट्टाबाट यो आसन गर्नाले कम्मरको दुखाइमा विशेष लाभ दिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved