काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) सँग स्पष्टीकरण माग गरेको छ ।
क्यानले अयोजना गरेको नेपाल टी-२० लिगको सम्झौता र आयोजना विवादमा परेपछि कार्यदलले दिएको सुझावका आधारमा राखेपले स्पष्टीकरण माग गरेको हो ।
राखेपले माघ १८ गते पत्र लेख्दै ७ दिनभित्र स्पष्टीकरण पेस गर्न क्यानलाई निर्देशन दिएको छ।
राखेपले प्रचलित ऐन, कानुनविपरीत गरिएको सम्झौता र श्रम स्वीकृति बिना विदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गरिएको विषय स्पष्टीकरणमा उल्लेख गरेको छ ।
विदेशी कम्पनीसँग क्यानले सम्झौता गर्दा प्रचलित कानुनको उल्लंघन गरेको निष्कर्ष राखेपको छानबिन कार्यदलले निकालेको थियो । कार्यदलले राखेप नेतृत्वलाई सम्झौता रद्द गर्ने लगायतका सुझाव दिएको थियो ।
लिग ‘बेटिङ’ र ‘फिक्सिङ’ का कारण विवादस्पद बनेपछि राखेप, सीआईबी, अख्तियार र आईसीसीले अनुसन्धान गरिरहको छ ।
Facebook Comment
Comment