सुन्दर तथा चम्किलो छाला पाउन कफी बटर

नेपालभ्युज

सुन्दर तथा चम्किलो छाला पाउन कफी बटर

एजेन्सी । कतिपय व्यक्तिको दिनको शुरुवात नै एक कप तातो कफीबाट हुन्छ । तपाईंले सुन्दरताका लागि पनि कफीको प्रयोग भएको धेरैपटक सुन्नुभएको छ होला । तर के तपाईंले कफी बटरको प्रयोग गरेको सुन्नुभएको छ ? आज हामीले यो आलेख मार्फत् तपाईंको छालाको लागि कफी बटर कति फाइदाजनक छ भनेर बताउनेछौं ।

कफीमा क्याफिन, एन्टीअक्सीडेन्ट, क्लोरोजेनिक एसिड जस्ता गुणहरु पाइन्छन् जसले छालालाई सफा गर्ने काम गर्छ । जसकारण कैयौं व्यक्तिले कफीलाई सुन्दरताको लागि प्रयोग गर्छन् । कफीको सबै उत्पादनमा कफी बटरले तपाईंको छालालाई जवान राख्न मद्दत गर्छ ।

के हो कफी बटर ?

कफी बटर एउटा बलियो स्किन हिलर हो । यो प्राकृतिक तेल, नौनी र कफी बिन्सलाई मिलाएर बनेको हुन्छ । यो मिश्रण तपाईंको छालाको लागि एदकमै फाइदाजनक हुन्छ । कफी बटरलाई तपाईंले सिधै छालामा प्रयोग गर्न सक्नुहुन्छ । यति मात्र होइन कफी बटर स्क्रब तथा लोशन बनाउनका लागि पनि प्रयोग गरिन्छ ।

घरमै कफी बटर बनाउने तरिका

यसलाई घरमै बनाउन पनि एकदमै सजिलो छ । यसका लागि तपाईं निम्न प्रक्रियालाई अपनाउन सक्नुहुन्छ ।

१. कफी बटर बनाउनका लागि सबैभन्दा पहिला आधा घण्टाका लागि कफी बिन्सलाई नरिवलको तेलमा डुबाएर राख्ने ।
२. त्यसपछि सानो आगोमा तेलसँगै कफी बिन्सलाई तताएर छान्ने ।
३. अब एउटा प्यानमा कोको बटर राखेर त्यसमा उक्त तेललाई मिसाउने ।
४. जब तपाईंको कफी बटर राम्रोसँग घुलित हुन्छ त्यसलाई चिसो बनाउन फ्रिजमा राख्ने ।
५. त्यसपछि उक्त मिश्रणलाई त्यतिबेलासम्म फिट्नुस् जतिबेला सम्म त्यसको फिज निस्किदैन ।
६. अब उक्त कफी बटर प्रयोगका लागि तयार भइसकेको छ ।

कफी बटरका फाइदा

१. कफीमा क्लोरोजेनिक एसिड र मेलेनाइडिन जस्ता गुण पाइन्छन् जसले तपाईंको छाला सुन्निएको छ भने कम गर्ने काम गर्छ ।
२. यदी तपाईंको छालामा कुनै प्रकारको संक्रमण भएको छ भने यसले उक्त संक्रमणलाई कम गर्ने काम गर्छ ।
३. यसले छालाबाट नराम्रो ब्याक्टेरियालाई हटाएर छाला सुन्दर तथा स्वस्थ बनाउने काम गर्छ ।
४. यसले छालालाई सुख्खा हुन दिँदैन साथै छाला चम्किलो बनाउँछ ।
५. यसलाई आँखाको तल्लो भागमा लगाउँदा डार्क सर्कल्स हटाउन मद्दत गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved