रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश दिएको छ। सर्वोच्चको आदेशसँगै अब रेशमलाल चौधरीलगायतले विपक्षी बनाएकाहरू पनि सर्वोच्च अदालतमा आउनुपर्ने भएको छ।

नेपालभ्युज

रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश दिएको छ।

सर्वोच्चको आदेशसँगै अब रेशमलाल चौधरीलगायतले विपक्षी बनाएकाहरू पनि सर्वोच्च अदालतमा आउनुपर्ने भएको छ।

आइतबार न्यायाधीशद्वय टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएपछि यस मुद्दाको सुनुवाइका लागि पर्खिरहेका रेशम चौधरी लगायतका कैदीबन्दीका पक्षमा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो।

प्रत्यर्थी झिकाउने आदेशसँगै यस मुद्दामा अब पुनः बहस तथा सुनुवाइ हुने र मिसिलको अध्ययनसँगै प्रमाणको मूल्याङ्कन गर्ने काम हुनेछ।

२०७७ भदौ ७ गते कैलालीको टीकापुरमा अखण्ड सुदूरपश्चिम र थरुहट प्रदेशको माग गर्ने दुई समूहबीच झडप भएको थियो।

आन्दोलनका क्रममा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको हत्या भएको थियो। घटनामा रेशमलाल चौधरी, लक्ष्मण थारुलगायतलाई दोषी मानिएको थियो। दोषी ठहर भएका रेशमलाल चौधरी घटनामा आफ्नो संलग्नता नरहेको भन्दै सर्वोच्च अदालत पुगेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved