रेशम चौधरीको मुद्दामाथि आज सुनुवाइ हुँदै

नेपालभ्युज

रेशम चौधरीको मुद्दामाथि आज सुनुवाइ हुँदै

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका नेता एवं पूर्वसांसद रेशम चौधरीको मुद्दा आज सुनुवाइ हुने भएको छ । चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको हो ।

सर्वोच्च अदालतले रेशमसहित कैलालीको टीकापुर घटनामा दोषी ठहर भएकाहरूले दायर गरेको पुनरावेदनको मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा रेशमसहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।

२०७२ सालको भदौमा कैलालीको टीकापुरमा थारूवान आन्दोलनका क्रममा एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । उच्च अदालतबाट समेत टुंगिएर सर्वोच्च आइपुगेको त्यही मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved