सडकमा तरकारी फालेको घटनामा प्रधानमन्त्रीको ध्यानाकर्षण, आवश्यक पहल थाल्न कृषिमन्त्रीलाई निर्देशन

नेपालभ्युज

सडकमा तरकारी फालेको घटनामा प्रधानमन्त्रीको ध्यानाकर्षण, आवश्यक पहल थाल्न कृषिमन्त्रीलाई निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई किसानका माग सम्बोधनको पहल लिन निर्देशन समेत दिएका छन् ।

शुक्रबार चितवनका किसानले कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेर विरोध जनाएका थिए ।

प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई किसानका समस्या सम्बोधनका लागि आवस्यक कदम चाल्न शनिबार निर्देशन दिएका हुन् ।

चिवतनमै रहेका मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परे प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved