एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी, महासचिव भुसालले प्रतिवेदन प्रस्तुत गर्दै

नेपालभ्युज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी, महासचिव भुसालले प्रतिवेदन प्रस्तुत गर्दै
फाइल फोटो

ललितपुर। नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक जारी छ । शनिबार ललितपुरको बालकुमारीमा शुरु भएको  केन्द्रीय कमिटीको बैठक भोलिसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा.वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठक अवधिमा यी दुवै विषयहरूमा नेताहरूले छलफल गर्नेछन् । प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ । बैठकमा पार्टी सचिव रामकुमारी झाँक्री भने अनुपस्थित छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved