फैसलाको पूर्णपाठ नआइन्जेलसम्म गृह मन्त्रालयबारे निर्णय नलिने प्रधानमन्त्रीको अडान

नेपालभ्युज

फैसलाको पूर्णपाठ नआइन्जेलसम्म गृह मन्त्रालयबारे निर्णय नलिने प्रधानमन्त्रीको अडान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट रवि लामिछानेको नागरिकतासम्बन्धी फैसलाको पूर्णपाठ नआइन्जेलसम्म गृह मन्त्रालयबारे निर्णय नलिने बताएका छन् ।

मंगलबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डलाई उद्धृत गर्दै प्रवक्ता कृष्णबहादुर महराले भने, ‘सर्वोच्च अदालतबाट पूर्णपाठ नआइन्जेल गृह मन्त्रालयबारे निर्णय लिन्नँ । यसमा हतार गर्नुहँदैन ।’

निवर्तमान गृहमन्त्री रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले गत माघ १३ गते उनको सांसद पद खारेज गरिदिएसँगै गृह प्रधानमन्त्री प्रचण्डसँगै छ ।

रविले गत आइतबार नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा गरिसकेका छन् । त्यसपछि उनले पुन: आफूलाई गृह मन्त्रालयमै फर्काउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved