प्रधानमन्त्रीको प्रतिबद्धता- वर्तमान सरकार प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्दछ

नेपालभ्युज

प्रधानमन्त्रीको प्रतिबद्धता- वर्तमान सरकार प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्दछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार प्रेस स्वतन्त्रप्रति प्रतिबद्ध रहेको बताएका छन् । नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवम् प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानूनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा भनेका छन् ।

सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्द्धन गर्ने सरकारको नीति रहेको उनले बताए ।

आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउनेगरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी उल्लेख गर्दै उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति लिइनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved