प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेको भेट, गृह मन्त्रालयका विषयमा छलफल

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेको भेट, गृह मन्त्रालयका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

रवि लामिछानेको पुरानो नागरिकतासँगै सांसद र मन्त्री पद खारेज भएपछि खाली रहेको गृह मन्त्री कस्ले पाउने भन्ने विषयमा विवाद भइरहेको बेला भएको यो भेटलाई महत्वका साथ हेरिएको छ।

माओवादीले गृह मन्त्रालय आफैसँग राख्न खोजिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूहरुको भागमा परेकाले दायाँबायाँ गर्न नहुने अडान लिएको छ ।

आजको भेटमा पनि लामिछानेले पूर्ववत रुपमा मन्त्रालय दिन आग्रह गरेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले यसबारे छिट्टै निर्णय लिने आश्वासन दिएको बालुवाटार स्रोतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved