अष्ट्रेलियामा वृद्धालाई कुटेको आरोपमा नेपाली नर्स पाण्डे पक्राउ

नेपालभ्युज

अष्ट्रेलियामा वृद्धालाई कुटेको आरोपमा नेपाली नर्स पाण्डे पक्राउ

एजेन्सी । स्याहार केन्द्रका वृद्धालाई कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ परेकी छिन् । इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने एक केन्द्रमा नर्सिङ सहायकका रूपमा कार्यरत अस्मिता पाण्डेलाई वृद्धामाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट वर्किङ भिसामा गएकी पाण्डेले वृद्ध विरामीहरूलाई थप्पड हानेको स्वीकार गरेको नाइन न्युजले जनाएको छ ।

पाण्डेले कुटपिट गरेकामध्ये ९५ वर्षकी डिमेन्सियाबाट पीडित जोन मुरे वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार हुनु निकै दुखदायी भएको बताएको खबरमा उल्लेख छ । पक्राउ परेकी पाण्डेलाई आउँदो मार्चमा सजाय सुनाइने छ ।

पीडितका परिवारले घटनालाई गम्भीर अपराध भनेका छन् । यदी अस्मिताका सहकर्मीले घटना बाहिर नल्याएको भए अझ धेरै वृद्धा समस्यामा पर्ने भन्दै आफन्तले घटना सार्वजनिक गर्नेलाई धन्यवाद दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved