जोकोभिचले जिते ‘अष्ट्रेलियन ओपन’ को उपाधि

नेपाल भ्युज

जोकोभिचले जिते ‘अष्ट्रेलियन ओपन’ को  उपाधि

काठमाडौं। सर्वियन नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्।

आइतबार भएको फाइनलमा जोकोभिचले स्टेफानो सिसिपासलाई ३–० को सेटमा पराजित गरेका हुन्।

जोकोभिचले ६–३, ७–६  र ७–६ ले सिसिपासलाई पराजित गरे। यो उनको अष्ट्रेलियन ओपनको १० औँ उपाधि हो। ग्राण्डस्लाम भने यो उनको २२ औँ हो।

जोकोभिचले राफायल नाडालको कीर्तिमान बराबरी गरेका छन्।

साविक विजेता नाडाल भने चोटका कारण प्रतियोगिताको अन्तिम सम्म पुग्न सकेनन्।

गत वर्षको अष्ट्रेलियन ओपनमा कोभिड–१९ विरुद्धको खोप नलगाएका कारण जोकोभिचले सहभागिता जनाउन पाएका थिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved