२ घण्टादेखि कुरेर बसेका पत्रकारहरूलाई वास्तै गरेनन् रविले

नेपालभ्युज

२ घण्टादेखि कुरेर बसेका पत्रकारहरूलाई वास्तै गरेनन् रविले

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेले पुन: नागरिकता प्राप्त गरेका छन् ।

तर, उनी पत्रकारहरूसँग भने बोल्न मानेनन् । उनी आइतबार दिउँसो नागरिकता पुनर्प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेका थिए । नागरिकताको प्रमाणपत्र लिएर बाहिरिने क्रममा उनी बोल्न मानेनन् ।

कुराकानीका लागि पत्रकारहरू उनी प्रशासन छिरेदेखि नै कुरेर बसेका थिए । २ घण्टाभन्दा बढी समय प्रशासनभित्रै बिताएका उनी कडा सुरक्षाका बीच प्रशासनको मूल ढोकामै गाडी चढेर हिँडे । तर, पत्रकारहरूसँग बोल्न मानेनन् ।

पूर्वपत्रकारसमेत रहेका उनले पत्रकारहरूलाई भने वास्तै गरेनन् ।

यसअघि पदबाट राजीनामा बुझाउनुअघि उनले पत्रकारहरूलाई ‘अनागरिकलाई प्रश्न नसोध्नूस्’ भनेर भनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved