इरानमा शक्तिशाली भूकम्पबाट तीन जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

नेपालभ्युज

इरानमा शक्तिशाली भूकम्पबाट तीन जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

एजेन्सी। इरान र टर्कीसँग सीमाना नजिक भागमा शक्तिशाली भूकम्प गएको छ । इरानको सरकारी मिडिया एजेन्सी आइआरएनएले जानकारी दिएको छ । भूकम्पका कारण थुप्रै भवनमा क्षति पुगेको छ ।

रिपोर्टका अनुसार भकम्पको म्याग्नेच्युड ५.९ मापन गरिएको छ । यो भूकम्प स्थानीय समयानुसार शनिबार राती ९ बजेर ४४ मिनेटमा आएको थियो र यसको केन्द्र जमिनभित्र सात किलोमिटर भित्र थियो ।

भूकम्पको केन्द्र उत्तरपश्चिम इरानको वेस्ट अजरबैजान प्रान्तको खोय शहर थियो । यो इलाका टर्कीसँग जोडिएको सीमाको नजिक छ । समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ र ३ सयभन्दा बढी घाइते भएका छन् ।

भूकम्पका कारण थुप्रै घरमा क्षति पुगेको खबर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved