बेडरुममा राखेको यो चम्किलो वस्तुले बढाउँछ श्रीमान्–श्रीमतीबीच प्रेम

नेपालभ्युज

बेडरुममा राखेको यो चम्किलो वस्तुले बढाउँछ श्रीमान्–श्रीमतीबीच प्रेम

एजेन्सी । जीवनमा सफलता र समृद्धि पाउनको लागि प्रेम पनि सबैभन्दा महत्वपूर्ण कुरा हो । किनकी परिवारमा माया गर्ने व्यक्ति सधैं अगाडि बढ्नको लागि उत्साहित हुन्छ ।

जसले गर्दा उसले छिट्टै प्रगति गर्छ । तर, कैयौं पटक घरका सदस्यहरुबीच प्रेम भए पनि वातावरण नकारात्मक बन्न जान्छ, बिनाकारण मनमुटाव शुरु हुन्छ । यस्तो अवस्थामा एउटा सानो चम्किलो वस्तुले यो समस्यालाई हटाउन मद्दत गर्न सक्छ ।

भनिन्छ, जुन घरमा ठूला र साना बीचमा माया हुन्छ, परिवारमा सद्धाव हुन्छ, त्यस घरमा हरेक प्रकारका सुखसुविधा आफैं विकास भइरहन्छ । तर, जुन घरमा दिनहुँ झगडामात्र हुन्छ वा कुनै न कुनै कुरालाई लिएर विवाद हुन्छ, त्यहाँ समस्याको थुप्रो हुन्छ । त्यसैले यस्ता समस्याहरुबाट बच्न र परिवारमा आपसी समझदारी सिर्जना गर्न क्रिस्टल बलले तपाईंलाई मद्दत गर्न सक्छ ।

यो क्रिस्टल बललाई आफ्नो घरको बैठक कोठा वा हलमा राख्नुहोस् । यसले आफुनो वरपरको नकारात्मक ऊर्जालाई कम गर्दै सकारात्मक ऊर्जा प्रवाह गर्छ । त्यसैले जब कोही तपाईंको बैठक कोठामा आफ्नो नकारात्मक ऊर्जा लिएर प्रवेश गर्छ, यो बलले उक्त ऊर्जालाई सकारात्मक ऊर्जामा परिणत गर्नेछ ।

यति मात्र होइन, तपाईंको वैवाहिक जीवनलाई सुखी बनाउन पनि क्रिस्टल बल प्रभावकारी हुन्छ । यदी तपाईंको पार्टनरसँग मनमुटाव भइरहेको छ भने, तपाईंको बेडरुममा क्रिस्टल बल राख्नुहोस् र यसलाई दिनको तीन पटक घडीको दिशामा घुमाउनुहोस् । यसले तपाईंको सम्बन्धमा मिठास ल्याउनेछ, तब मात्र तपाईंले यसको पूर्ण लाभ पाउनुहुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved