माडागास्करमा आएको भीषण आँधीबाट १६ जनाको मृत्यु

नेपालभ्युज

माडागास्करमा आएको भीषण आँधीबाट १६ जनाको मृत्यु

एजेन्सी। माडागास्करमा केही दिनदेखि आएको आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको मृत्यु भएको छ भने अरु १९ जना हराइरहेका छन् ।

प्राप्त समाचारअनुसार माडागाकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आएको आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ ।

प्रकोप व्यवस्थापन केन्द्रले यहाँका ५५ हजार जनाभन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् । उनीहरूमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ ।

प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको त्यहाँका अधिकारीले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved