आफूले पाउने सेवा-सुविधाबाट १ जनालाई एमबीबीएस पढाउँदै अध्यक्ष राई, आवेदन आह्वान

नेपालभ्युज

आफूले पाउने सेवा-सुविधाबाट १ जनालाई एमबीबीएस पढाउँदै अध्यक्ष राई, आवेदन आह्वान

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले राज्यबाट आफूले पाउने सेवा-सुविधाबाट १ जना विद्यार्थीलाई एमबीबीएस पढाउने भएका छन् ।

अध्यक्ष राईले गाउँपालिकाभित्रका गरिब तथा जेहेनदार १ जना विद्यार्थीलाई एमबीबीएस पढाउने निर्णय गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन राईकाअनुसार अध्यक्ष राईले गत जेठ ६ गते पदभार ग्रहण गरेलगत्तै १ जना विद्यार्थीलाई एमबीबीएस पढाउने अध्यक्षस्तरीय निर्णय गरेका थिए ।

यसपछि गाउँपालिकाले एमबीबीएस छात्रवृत्तिका लागि आवेदनसमेत आह्वान गरेको छ । प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जारी गरेको सूचनामा गाउँपालिकाको छात्रवृत्ति वितरण कार्यविधि २०७९ अनुसार छात्रवृत्तिका लागि आह्वान गरिएको उल्लेख छ ।

सोही कार्यविधिको अधिनमा रहेर सम्बन्धित प्रवेश परीक्षाको नतिजा आएको १५ दिनभित्र प्रारम्भिक आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved