सन्दीपलाई टिममा फर्काउनेबारे सरोकारवालासँग छलफल गरिरहेका छौँ : क्यान

नेपालभ्युज

सन्दीपलाई टिममा फर्काउनेबारे सरोकारवालासँग छलफल गरिरहेका छौँ : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारे छलफल गरिरहेको बताएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपबारे कानुन अनुसार नै अघि बढ्ने बताए ।

यसबारे आफूहरु आईसीसीसँग पनि सम्पर्कमा रहेको भन्दै उनले अन्य सरोकारवालासँग पनि छलफल गरिरहेको बताए ।

उनले भने,’‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ । हामी अहिले छलफलकै क्रममा छौं ।’

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीप हाल अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् । रिहा भए पनि उनलाई विदेश जान रोक लगाइएको छ भने उपत्यका बाहिर जाँदा प्रहरीको अनुमति लिनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved