यसरी सुरु भएको थियो भारतमा गणतन्त्र दिवस

ब्रिटिस साम्राज्यबाट मुक्त भएपछि भारतको संविधानसभाले २ बर्ष ११ महिना १८ दिन लगाएर संविधान बनाएको थियो । 

नेपालभ्युज

यसरी सुरु भएको थियो भारतमा गणतन्त्र दिवस

काठमाडौं । छिमेकी देश भारतमा २६ जनवरीलाई गणतन्त्र दिवसका रुपमा भव्यतापूर्वक बनाइन्छ। आज त्यहाँ ७३ औं गणतन्त्र दिवस मनाइँदैछ ।

सन् १९५० को २६ जनवरीबाट यो प्रचलन प्रारम्भ भएको थियो । यही दिन गणतन्त्र भारतको संविधान घोषणा भएको थियो । त्यसअघि सन् १९४७ जुलाई १८ मा ब्रिटिश संसदले इन्डिया इन्डिपेन्डेन्ट एक्ट पारित गरेको थियो ।

यो ऐन पारित भइसकेपछि सन् १९४७ अगष्ट १५ मा भारतलाई स्वतन्त्र घोषणा गरिएको थियो । अगष्ट १५ मा भारतीय स्वतन्त्रता दिवस मनाइन्छ भने २६ जनवरीमा गणतन्त्र दिवस ।

यी दुई दिवस आधुनिक भारतका लागि सबैभन्दा महत्वपूर्ण दिन हुन् । ब्रिटिस साम्राज्यबाट मुक्त भएपछि भारतको संविधानसभाले २ बर्ष ११ महिना १८ दिन लगाएर संविधान बनाएको थियो ।

संवैधानिक समितिका सभापति डा. भीमराज अम्बेडकर थिए । ब्रिटिश साम्राज्यका अन्तिम वायसराय लर्ड माउन्टबेटनले स्वतन्त्रतापछि सी. गोपालाचारीलाई गवर्नर जर्नेलको पद हस्तान्तरण गरेका थिए ।

तर, पहिलो राष्ट्रपति डा. राजेन्द्र प्रसादलाई मानिन्छ ।  उनले २६ जनवरी १९५० मा पदभार ग्रहण गरेका थिए । त्यसको दुई दिन अघि जनवरी २४ मा संविधानसभाबाट डा. राजेन्द्र प्रसाद राष्ट्रपति निर्वाचित भएका थिए ।

बिहान ७ बजे डा. राजेन्द्र प्रसाद राजघाट गएर महात्मा गान्धीको समाधी स्थलमा श्रद्धान्जली दिएका थिए । दिउँसो उनले राष्ट्रपतिको सपथ ग्रहण गरी प्रधानमन्त्री र मन्त्रीमण्डललाई नयाँ संविधान बमोजिमको शपथ गराएका थिए ।

त्यही दिनदेखि त्यो भवनलाई राष्ट्रपति भवन भन्न थालिएको हो । त्यस अघि गनर्वनर जर्नेलको कार्यालय भन्ने गरिन्थ्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved