बिहान उठेर गर्नै नहुने ७ काम

नेपालभ्युज

बिहान उठेर गर्नै नहुने ७ काम

एजेन्सी । बिहान चाँडै उठ्नु राम्रो बानी हो । हामीमध्ये धेरै यस्ता पनि छौं जो बिहान उठेर पानी पिउने, मेडिटेशन गर्ने, व्यायाम गर्ने र मर्निंग वाक गर्ने गर्छौं । अर्कोतिर केही यस्ता बानी पनि हुन्छन् जसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्छन् ।

सुरुवात जसरी हुन्छ, त्यसले हाम्रो पूरै दिनको स्वास्थ्यलाई प्रभावित गर्छ । हामीले जान्नु जरुरी हुन्छ, बिहान उठेर के गर्नु राम्रो हुन्न, जसले हाम्रो स्वास्थ्यलाई हानी पुर्या‍उन सक्छ ।

धुमपान

धुमपान कुनै पनि बेला गर्न सकिन्छ, यद्यपी यसले स्वास्थ्यलाई नोक्सान पुर्‍याउँछ । तर, बिहान उठ्ने बित्तिकै सिगरेट, बिडी पिउनु धेरै नै खतरनाक हुन सक्छ । यसले क्यान्सरको सम्भावना बढाउँछ ।

रक्सी पिउनु

बिहान उठेर रक्सी खाने पनि कतिपयको बानी हुन्छ । बिहान उठनासाथ रक्सी खानाले हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्छ र हामी विभिन्न रोगको शिकार हुन सक्छौं ।

रिसाउने, झगडा गर्ने

दिनको सुरुवात सधैं सकारात्मक भावनाका साथ गर्नुपर्छ । बिहान उठ्नासाथ कोहीसँग पनि रिसाउने झगडा गर्ने बानीले तपाईंमा नकारात्मक प्रभाव पर्ने र तनाव हुने हुन्छ ।

मसालेदार खाना

बिहानको समयमा मसालेदार खानबाट टाढै बस्नु पर्छ । मसालेदार खानाले धेरै प्रकारका रोग लाग्ने हुँदा बिहान सकेसम्म पौष्टिकयुक्त मसाला कम भएका स्वास्थ्यवर्द्क खाना खानु पर्छ ।

खाली पेट कफी

संसारमै हेर्ने हो भने प्रायः सबै मानिसले आफ्नो दिनको सुरुवात चिया वा कफी पिएर गर्छन् । तर, विशेषज्ञहरुका अनुसार बिहान खाली पेटमा कफी पिउनाले कोर्टिसोलको मात्रा बढाउँछ । जो शरीरका लागि हानिकारक छ ।

अशान्त हुने कार्यक्रम नहेर्ने

यदि तपाईंले बिहान उठेर टिभी हेर्ने गर्नु हुन्छ भने मन अशान्त हुने भड्किलो कार्यक्रम नहेर्नुस् । यसले तपाईंको मुड बिगार्ने हुँदा  स्वास्थ्यलाई पनि असर पार्छ । भड्किलो कार्यक्रमले तपाईंलाई तनाव पनि उत्पन्न गराउन सक्छ ।

फेरि सुत्ने

उठेपछि फेरि सुत्ने हामी मध्ये कतिपयको बानी हुन्छ । त्यस मध्ये केही यस्ता हुन्छन् जो ओछ्यानबाट उठेर सोफा या अन्य कुनै ठाउँमा गएर सुत्छन् । यो बानी एकदमै नराम्रो हो । यस्तो बानीले तपाईंको निद्रा पुरा भएर फ्रेश अनुभव गर्न सक्नु हुन्न । जसले गर्दा तपाईं दिनभर सुस्त देखिने र काममा पनि मन नलाग्ने हुन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved