काठमाडौं। राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा तीन दलले उम्मेदवारी दिएका छन्। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिएका छन्। सत्तारूढ दलका तर्फबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् । तर, गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले पनि छुट्टै उम्मेदवारी दिएको छ ।
नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् । नागरिक उन्मुक्तिका राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दर्ताका लागि पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङ पुगेकी थिइन् ।
राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।
Facebook Comment
Comment