मानव बेचबिखनमा समेत दोषी ठहरिए मनोज पाण्डे, कम्तीमा ३ वर्ष जेल जाने

नेपालभ्युज

मानव बेचबिखनमा समेत दोषी ठहरिए मनोज पाण्डे, कम्तीमा ३ वर्ष जेल जाने

काठमाडौं । मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा खेपिरहेका मनोज कुमार पाण्डेलाई  काठमाडौं जिल्ला अदालतले मानव बेचबिखनको मुद्दामा समेत  दोषी ठहर गरेको छ ।  गत जेठ महिनादेखि थुनामा रहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार दुवै कसुरमा दोषी ठहर गरेको हो । जिल्ला अदालतको यो निर्णयसँगै अब उनी  कम्तीमा तीन वर्ष जेल जाने भएका हुन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार  इजलासले पाण्डेविरुद्धको बाल यौन दुरुपयोगमा ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

उनी मानव बेचबिखनको मुद्दामा समेत   दोषी ठहरिए  पनि फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ दफा ८ र ९ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा छुट्टै सुनुवाइको व्यवस्था अनुसार  सजाय निर्धारणका लागि   माघ २३   पेशी तोकिएको छ ।

२०७० सालमा एक किशोरीलाई बाल यौन दुरुपयोग  गरेको अभियोगमा सरकारले पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा दायर गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved