गण्डकी प्रदेशमा मन्त्रीहरूको कार्यविभाजन टुंगियो, कसले कुन मन्त्रालय पाए ?

नेपालभ्युज

गण्डकी प्रदेशमा मन्त्रीहरूको कार्यविभाजन टुंगियो, कसले कुन मन्त्रालय पाए ?

पोखरा। गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन टुंगिएको छ । यसअघि, १२ मन्त्रालयबाट सातवटा मन्त्रालयमा झारेको गण्डकी प्रदेशले सातै मन्त्रालय र  मन्त्रीहरूको कार्यविभाजन टुंग्याएको हो।

मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहा मगरलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जाली उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री, राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved