माओवादी–नेसपा एकताका लागि वार्ता हुँदै

नेपालभ्युज

काठमाडौं। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा) बीच पार्टी एकताका लागि वार्ता हुने भएको छ । मंगलबार दुई पार्टीको वार्ता टोली छलफलमा बस्न लागेका हुन् ।

दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोलीमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितको नेता रहेका छन् ।

टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको नेसपा वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठले बताए । उनले भने, ‘हामी दुई पार्टीका वार्ता टोलीको बैठक दिउँसो २ बजे बस्न लागेको छ’ श्रेष्ठले भने, ‘दुई पार्टीका नेतालाई सहज हुनेगरी कुनै ठाउँमा बस्ने तयारी गरेका छौँ ।’

पार्टी एकताका विषयमा सरकारात्मक वातावरण बन्दै गएकाले छिट्टै परिणाम निकालिने श्रेष्ठले बताए । यसअघि, शनिबार बसेको वार्तामा दुवै पार्टीको डकुमेन्ट आदान-प्रदान गरिएको थियो ।

यसैगरी, माओवादीका उपमहासचिव एवम् वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले पनि यस्तै सकारात्मक रूपमा छलफल अघि बढेको जानकारी दिए । उनले नेसपासहित अन्य दलसँग समेत संवाद अघि बढेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved