पोषणका स्रोतहरूमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

पोषणका स्रोतहरूमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिबीको दर घटाउँदै प्रोटिन लगायत पोषणका स्रोतहरूमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार काठमाडौंमा ‘राइट टु प्रोटेन रन’ हाफ म्याराथन पुरस्कार वितरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि आम समुदायमा पोषणको स्रोतमा पहुँच पग्न नसकेको बताए ।

उनले प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था रहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले भने– ‘तथ्यांकअनुसार सन् २०१९ मा ३२ प्रतिशत पाँच वर्ष मुनिका बच्चाहरूले उमेर अनुसारको उचाई प्राप्त गर्न सकेनन् खास गरी उमेर अनुसार जति प्रोटिनको आवश्यकता हुन्छ, सोअनुसारको उपलब्धता हुन नसक्दा यस्ता समस्याहरु हामीले भोगिरहेको तथ्य जगजाहेर नै छ । पुड्कोपना र कुपोषणको समस्याबाट विशेषगरी गरिबीको रेखामुनि रहेका आमजनसमुदाय बढी पीडित रहेको पाइन्छ ।’

उनले पहिलो १००० दिनमा बालबालिकाहरुलाई उपलब्ध हने पोषणले उनीहरुको समग्र स्वास्थ्यमा नै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार रहेको बताए । गर्भवती महिला र नवजात शिशुहरूलाई लक्षित गरी स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रमहरूसमेत नेपाल सरकारले सञ्चालन गरिरहेको उनले बताए । पोल्ट्री उद्योगले अण्डा र ब्रोइलरको मासुमार्फत प्रोटिनको सस्तो आपूर्तिमा योगदान पुर्‍याएकोमा र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेकोमा पोल्ट्री उद्योगका उद्यमी र कृषकहरूलाई धन्यवाद दिए ।

प्रधानमन्त्री प्रचण्डले नेपालका सम्पूर्ण पशु चिकित्सकहरूको छाता संगठन नेपाल भेटेरिनरी एसोसिएसनले नेपाल दाना उद्योग संघ र सम्बन्धित सरोकारवालाहरूको सहभागितामा प्रोटिन माथिको अधिकारलाई स्थापित गर्ने उद्देश्यले हाफ म्याराथन लगायतका दौड प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकोमा बधाई ज्ञापनसमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved