ओलीसँग कड्किंदै नेपालले भने- तपाईंले भनेको माने मात्रै सहमति हुने हो ?

नेपालभ्युज

ओलीसँग कड्किंदै नेपालले भने- तपाईंले भनेको माने मात्रै सहमति हुने हो ?

काठमाडौं । ‘तपाईंले जे जे भन्नुहुन्छ, त्यही मान्नुलाई नै सहमति भन्नुपर्ने हो ? हाम्रो काम तपाईंले भनेको खुरुखुरु मान्नु मात्रै हो ?’

यो प्रश्न हो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको । प्रश्न लक्षित थियो नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा सरकारलाई विश्वासको मत दिने दलका शीर्ष नेताहरूको बैठकमा सुनिएको सवाल-जवाफ हो ।

यसअघि प्रचण्डले सहमतिका लागि प्रस्ताव गरेका थिए । उनको संकेत थियो, ‘मलाई विश्वासको मत दिनुभएकोमा धन्यवाद । म एउटा गठबन्धनबाट प्रधानमन्त्री बनेपनि बाँकी सबै दलप्रति मेरो दायित्व छ । बाँकी पदहरूमा साझा दृष्टिकोण बनाएर अगाडि बढौं ।’

प्रचण्डको प्रस्तावलाई ओलीले आफ्नो अनुकूलतामा व्याख्या गर्दै भने, ‘राष्ट्रपति र सभामुखबारे हामीले कुरा गरिसक्यौं । तपाईंहरू पनि सहमत हुनुभयो भने सहमति हुन्छ ।’

ओलीको यही कुरा सुनेर माधव रन्किएका हुन् ।

संवादको क्रममा प्रचण्डले अब प्रतिपक्ष दलको नेता को हुन्छ भनेर सोधेका थिए । जवाफमा देउवाले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल र आफू प्रमुख प्रतिपक्षी दलको नेता रहेको दाबी गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved