विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६९ पुग्यो, तीनजनाको खोजी जारी

एयरलाइन्सले राति निकालेको विज्ञप्तिमा अहिलेसम्म ६९ जनाको शव फेला परेको जनाएको छ । मृतकमध्ये अहिलेसम्म १२ जनाको सनाखत भएको छ ।

नेपालभ्युज

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६९ पुग्यो, तीनजनाको खोजी जारी

काठमाडौं। पोखरामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६९ पुगेको छ । तीन जनाको खोजी भइरहेको छ ।

यती एयरलाइन्सको विमान आइतबार विहान दुर्घटना भएको थियो । एयरलाइन्सले राति निकालेको विज्ञप्तिमा अहिलेसम्म ६९ जनाको शव फेला परेको जनाएको छ ।

विमानमा चालक दलका ४ जना र ६८ यात्रुसहित ७२ जना थिए । हराइरहेका तीनजनाको खोजी भइरहेको एयरलाइन्सले जनाएको छ । मृतकमध्ये अहिलेसम्म १२ जनाको सनाखत भएको छ ।

सनाखत हुन नसकेका र विदेशी नागरिकको शव काठमाडौं ल्याउने बताइएको छ ।

विमानमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved