विमान दुर्घटना : ४ जना खोज्न सशस्त्रको गोताखोर टोली परिचालन

नेपालभ्युज

विमान दुर्घटना : ४ जना खोज्न सशस्त्रको गोताखोर टोली परिचालन

काठमाडौं। पोखरामा भएको यती एयरको विमान दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली पोखरा पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

आइतबार बिहान पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । जसमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । नागरिक उड्डयन प्राधिकरणले हालसम्म ६८ जनाको मात्र शव भेटिएको जानकारी दिएको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखन भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved