यती दुर्घटना अपडेट : लोकगायिका निरा छन्त्याल पनि विमानमा थिइन्

नेपालभ्युज

यती दुर्घटना अपडेट : लोकगायिका निरा छन्त्याल पनि विमानमा थिइन्

काठमाडौं। पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा लोकगायिका निरा छन्त्याल पनि यात्रु रहेको खुलेको छ। ७२ जना सवार सो विमानमा उनी पनि रहेको नेपालभ्युजलाई प्राप्त सूचिमा उल्लेख छ ।

गायिका निराले हिजो फेसबुकमा आफू पोखरा जान लागेको समेत जानकारी गराएकी थिइन्। ‘‘छन्त्याल भवन काठमाडौँको माघी सकियाे, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले फेसबुकमा लेखेकी थिइन्।

उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन्। दुर्घटनापछि गायिका निराको अवस्था खुलेको छैन।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना र ६८ यात्रु सवार थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved