विमान दुर्घटनाको अपडेट लिन प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमान पुगेर पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझिरहेका छन्। आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा प्रधानमन्त्री आफैँ हेर्न गएका उनको सचिवालयले जनाएको छ।

नेपालभ्युज

विमान दुर्घटनाको अपडेट लिन प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमान पुगेर पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझिरहेका छन्।

प्रधानमन्त्री प्रचण्ड पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थित बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा पुगेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत बिवरण लिएको सचिवालयले जनाएको छ ।

विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्नु निर्देशन दिएका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत सरकारी अधिकारी पनि प्रधानमन्त्रीसँग विमानस्थल पुगेका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved