काठमाडौं । गण्डकी प्रदेश सभाको सभामुखको निर्वाचन शनिवार (आज)का लागि तय भएको छ ।
प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्नका लागि शनिवार बैठक बोलाएका हुन्।
गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको छ । सत्ता गठबन्धनको पक्षमा बहुमत भएकाले माओवादी केन्द्रका उम्मेदवार सभामुख हुने निश्चितजस्तै छ । माओवादीले सभामुखमा कृष्ण धिताललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
पार्टीको संसदीय दलको बैठकले धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन ।
गण्डकी प्रदेशमा शुक्रबार मात्र मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्।
Facebook Comment
Comment