रेशम चौधरीलाई तत्काल रिहा गर्न कांग्रेस सांसदको माग

नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री जितेन्द्रनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन्।

नेपालभ्युज

रेशम चौधरीलाई तत्काल रिहा गर्न कांग्रेस सांसदको माग

काठमाडौं। नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री जितेन्द्रनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले टीकापुर घटना राजनीतिक घटना भएकाले रेशमलगायतका बन्दीलाई तत्काल रिहा गरेर सरकारले न्याय दिनुपर्ने तर्क गरे।

उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छे मारिए पनि उनीहरूले न्याय पाएको, तर टीकापुर घटनामा परेकाहरूले न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरे।

सांसद देवले यसो भने 

यो मुलुकमा धेरै ठुल्ठूला आन्दोलन भए। ठुल्ठूला आन्दोलनको नेतृत्व कहिले नेपाली कांग्रेसले गर्‍यो, कहिले माओवादीले गर्यो‍। यो देशमा मधेस आन्दोलन भयो। यो देशमा थारू आन्दोलन भयो। यो देशमा पहिचानका आन्दोलन भए। यो देशमा समानताका आन्दोलन भए। हरेक आन्दोलनहरूमा मान्छेहरू मारिएका छन्।

स्वतःस्फूर्त आन्दोलनमा मान्छे मारिएका छन्। तर, हरेक वेलामा यहाँ न्याय भएको छ । राजनीतिक आन्दोलनलाई आपराधिक आन्दोलन भनिएन। त्यसकारण कैलालीमा थारूहरूले गरेको आन्दोलन राजनीतिक थियो। अन्याय भएको छ–रेशम चौधरीमाथि । अन्याय भएको छ थारूहरूमाथि । त्यसलाई करेक्सन गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved