नेटो र इयु बीच सहयोग सम्बन्धी घोषणापत्रमा हस्ताक्षर

नेपालभ्युज

नेटो र इयु बीच सहयोग सम्बन्धी घोषणापत्रमा हस्ताक्षर

ब्रसेल्स । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र युरोपेली सङ्घ (इयु) ले मङ्गलबार सहयोगसम्बन्धी तेस्रो संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन् । यसको उद्देश्य आफ्नो रणनीतिक साझेदारी सहकार्यलाई अझ थप विस्तार गर्ने र सामूहिक युरोपेली रक्षालाई सुदृढ पार्ने रहेको बताइएको छ ।

‘हामीले भर्खरै तेस्रो इय-नेटो संयुक्त घोषणामा हस्ताक्षर गरेका छौं … यो पहिले भन्दा धेरै महत्त्वपूर्ण छ,’ नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले ब्रसेल्समा सैन्य गठबन्धनको मुख्यालयमा हस्ताक्षर समारोहपछि पत्रकार सम्मेलनमा भनेका छन्।

घोषणापत्रमा युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले हस्ताक्षर गरेका हुन् । उनीहरूले सम्झौताको प्रशंसा गर्दै यसले सङ्घ र गठबन्धनबीचको उत्कृष्ट सहयोगलाई अझ गहिरो बनाउने बताएका छन्।

भोन डेर लेनको टिप्पणी छ- युक्रेनको द्वन्द्वले युरोपको सुरक्षा ‘चुनौती’ थपिएको छ । लेनले इयुले बेलारुसमाथि नयाँ प्रतिबन्ध लगाउने र रुसलाई समर्थन गर्ने देशहरूमा उपायहरू विस्तार गर्ने चेतावनी दिएकी छन्।

त्यसैगरी स्टोल्टेनबर्गले युक्रेनको लागि ट्रान्सएट्लान्टिक साझेदारी र समर्थन सन् २०२३ मा थप सुदृढ हुँदै जाने कुरामा जोड दिएका छन्। उनले युरो-एट्लान्टिक सुरक्षामा नेटोको महत्त्वपूर्ण भूमिकामा जोड दिँदै घोषणाको महत्त्वलाई जोड दिएका छन्। उनले यो घोषणा सन् २०१६ र २०१८ मा गरिएका संयुक्त घोषणाहरूमा आधारित रहेको बताएका छन् ।  सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved