राष्ट्रिय भलिबल खेलाडी रेश्मा सम्मानित

नेपालभ्युज

राष्ट्रिय भलिबल खेलाडी रेश्मा सम्मानित

काठमाडौं। राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले मंगलबार आफ्नो आठौं स्मृति दिवसमा रेश्मालाई सम्मान गरेको हो।

प्रतिष्ठानले राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ। सोही क्रममा प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उचो पार्न विशेष योगदान गरेवापत भलिबल खेलाडी रेश्मालाई नगदसहित सम्मान गरेको हो ।

प्रतिष्ठानले भलिबल खेलाडी रेश्मालाई नगद १५ हजार १ रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गर्यो । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा रजत जित्दा तथा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलको पहिलो संस्करणमा नेपालले स्वर्ण जित्दा रेश्मा टोलीकी सदस्य थिइन् ।

प्रतिष्ठानले पत्रकारितातर्फ द राइजिङ नेपालकी मञ्जिमा ढकाल, कलाकारतर्फ सितारवादक सीतामैया राजवललाई जनही १५ हजार १ रुपैयाँसहित सम्मान गरेको छ ।

त्यस्तै जेष्ठ नागरिकतर्फ चन्द्रागिरी नगरपालिकाकी जनमाया महर्जन र पम्पादेवी कटुवाललाई प्रतिष्ठानले नगद १५ हजार १ रुपैयाँ र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गर्‍यो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved