कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा विश्वासको मत दिने तर प्रतिपक्षीमा रहने निर्णय गरेको नेताहरूले बताए।

नेपालभ्युज

कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। विश्वासको मत दिने नदिनेबारे कांग्रेसभित्र तीव्र विवाद भइरहेकै बेला दिने पक्षमा निर्णय भएको हो।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा विश्वासको मत दिने तर प्रतिपक्षीमा रहने निर्णय गरेको नेताहरूले बताए।

निर्णयमा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति राखेका छन्।
यसअघि सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर मत मागेका थिए। भेटमा देउवा ‘सकारात्मक’ बनेका थिए।
सरकारलाई विश्वासको मत दिने भन्नेमा देउवाले प्रस्ताव गरेपछि पार्टीको संस्थापनइतर खेमाले विरोध जनाउँदै आएको थियो।
देउवाले प्रधानमन्त्री दिन नमानेकै कारण प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेसहितका दलसँगको समीकरणबाट पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसपछि पनि देउवा र दाहालबीच कुनै राजनीतिक घोचपेच र आरोप–प्रत्यारोप चलेको छैन।
अहिले देउवाले प्रचण्डलाई विश्वासको मत दिएर एमाले र माओवादीविचमा बिग्रहको बीजारोपण गर्न चाहेको कतिपयको टिप्पणी छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved