नेसपाले बनायो श्रेष्ठको नेतृत्वमा संवाद समिति

नेपालभ्युज

नेसपाले बनायो श्रेष्ठको नेतृत्वमा संवाद समिति
गंगानारायण श्रेष्ठ, आन्तरिक मामिला तथा कानुमन्त्री, बाग्मती प्रदेश

काठमाडौं । नेपाल समाजवादी पार्टीले वाम एकता तथा ध्रुवीकरणका लागि पार्टीका उपाध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय संवाद समिति बनाएको छ ।

आइतबारदेखि काठमाडौंमा जारी पार्टीको राजनीतिक समितिको बैठकले श्रेष्ठको नेतृत्वमा उपाध्यक्षद्वय दुर्गा सोब र हिसिला यमी, महासचिव रमेश यादव र नेता डा. जनक शाह सदस्य रहेको संवाद समिति बनाएको हो ।

नेसपाले नेकपा माओवादी केन्द्रसँग एकताको तयारी गरिरहेको छ । माओवादी केन्द्रले पनि नेता कृष्णबहादुर महराको नेतृत्वको संवाद समिति गठन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved