प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं : उपेन्द्र यादव

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं : उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने  बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि यादवले आफ्नो पार्टीबाट विश्वासको मत दिने बताएका हुन् ।

‘हामी प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिन्छौं । त्यसमा कुनै समस्या छैन । हामीले मात्रै होइन अरु दलले समेत विश्वासको मत दिन्छन्’ यादवले भने, ‘सबै दलले विश्वासको दिने भएकाले सजिलै प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ ।’

प्रधानमन्त्रीसँग मिलाउनुपर्ने अरु विषय आपसी सहमतिमा छलफल गरेर टुंगो लगाउने यादवले बताए। यसअघि, एकीकृत समाजवादीले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने संकेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved