प्रधानमन्त्री प्रचण्डलाई भेटे माधव नेपालले

अघिल्लो सत्तागठबन्धनमा सँगै रहेका तर नेकपा एमालेसँग गठबन्धन गर्दा आफूसँग सल्लाह नगरेको भन्दै असन्तुष्ट नेता नेपाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार गएका हुन्।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डलाई भेटे माधव नेपालले

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेका छन्।

अघिल्लो सत्तागठबन्धनमा सँगै रहेका तर नेकपा एमालेसँग गठबन्धन गर्दा आफूसँग सल्लाह नगरेको भन्दै असन्तुष्ट नेता नेपाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार गएका हुन्।

नेता नेपालसँग जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पनि थिए।

मंगलबार विश्वासको मत लिने तयारीमा रहेका प्रचण्डले नेता नेपाल र यादवसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका नेताहरूले बताए।

प्रधानमन्त्री प्रचण्डले नेकपा एस र जसपालाई सरकारमा ल्याउने प्रयास गरिरहेका छन्। तर, नेकपा एकीकृत समाजवादी र जसपाले निर्णय गरिसकेको छैन। सत्ता गठबन्धनको बैठकअघि तीन नेताहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved