कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन : महामन्त्री थापा

नेपालभ्युज

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको बताएका छन् । कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने उनले बताए ।

शनिबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले भने, ‘कांग्रेसले विश्वासको मतको खिलापमा मतदान गर्छ, प्रतिपक्षमा बस्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन २६ पुसको बिहान मात्रै विश्वासको मत दिने कि नदिने भनेर  निर्णय गर्ने उनले बताए ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved