जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्न असफल भएको छ । बिहीबार र शुक्रबार जनकपकुरमा चलेको संसदीय दलको बैठकमा दलको नेता चयन गर्ने प्रयास भएको थियो ।
यो प्रयास असफल भएसँगै पार्टीले संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।
मधेश प्रदेशमा संसदीय दलको नेता बन्न जसपाभित्र मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र जसपा दलका निवर्तमान नेता रामअशिष यादवले दाबी गरिरहेका छन् । राउतलाई दबाबमा राख्न सरोज यादवले रामअशिष यादवको नाममा सर्वसहमति गरे आफू पछाडि हट्न तयार बताउँदै आएका छन् ।
बैठकले लालाबाबु राउत, रामअशिष यादव, सरोज यादव, सरोज सिंह कुशवाहा, संजय यादव, अब्दुल कलाम, बच्चा राउत अहिर, शोभा साह र मनिष सुमनमध्ये बाट एकजना चुन्ने जिम्मा अध्यक्ष यादवलाई दिएको हो ।
Facebook Comment
Comment