बानेश्वरमा सुरु भयो सर्वदलीय बैठक

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत, सभामुख र राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्।

नेपालभ्युज

बानेश्वरमा सुरु भयो सर्वदलीय बैठक
फाइल फोटो

काठमाडौं। बानेश्वरमा रहेको संघीय संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पहिलो बैठकका लागि एजेन्डा तय गर्न बैठक बोलाइएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत, सभामुख र राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्।

संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ। सोही बैठकको एजेन्डा तय गर्न विभिन्न दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिहरू सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved